छायांकनमा कमलमणिको लखपति माग्ने

काठमाडौं । नेपालकै पहिलो महिला छाँयाकार सवनम मुखियाको निर्देशनमा निर्माण हुने भनिएको फिल्म ‘लखपति माग्ने’को छायांकन शुरु भएको छ । ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले निर्माण गरेको फिल्मका निर्माता प्रकाशचन्द्र महर्जन हुन् । फिल्मको सह निर्माता राजेश खड्गी छन् । सवनमकै लेखन रहेको फिल्मको पचली भैरवबाट छायांकन प्रारम्भ भएको हो ।

फिल्ममा कमलमणि नेपाल, विष्णु अर्याल, सोनीका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा, सुनील जंग रायमाझी, सविन कटुवाल, जय जगदीश अधिकारी, ओमकृष्ण भण्डारी, सुरज प्रधान, खेमानन्द जैशी, विष्णु प्रसाद कोइराला, अविनाश ढकाल, किरण ढकालको अभिनय छ ।

फिल्ममा शान्तिप्रिय, विशाल घोष र राजेश अर्यालको गीत छ भने सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष र भुपु पाण्डेको संगीत रहेको छ । फिल्ममा रामेश्वर हुमागाई छायांकार रहेका छन् । तारा थापा किम्भेले चलचित्रको सम्पादन गर्नेछन् ।