सरोजको माछीले खानेलाई करोड दर्शक

काठमाडौं । नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले करोड बढीको दर्शक पाएको छ । गीतको टीमले बुधबार राजधानीमा एक कार्यक्रम गर्दै करोडको सेलिब्रेसन केक काटेको छ ।

एक महिना अघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोमा ६८ हजार लाईक र ३५ सय ६३ कमेन्टहरु आएका छन् यद्यपी गीतको भिडियोमा ६ हजार डिसलाईक समेत आएको छ । सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द छ । गीतमा उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ छ ।

कार्यक्रममा गीतका रचनाकार थपलियाले गीत लेखेको पललाई सम्झिएका थिए भने गायक सरोज ओलीले गीतबाट एक महिनामा ४ लाख रुपैयाँ कमाएको समेत बताए । केक काटेर मनाईएको एक करोड भ्युजको कार्यक्रममा नयाँ गीतको समेत घोषणा गरिएको छ । गायक ओलीका अनुसार ‘पानी कुवाको’ बोलको गीत अबको केहि सातामा नै सार्वजनिक गरिनेछ ।