राजलाई थाइल्याण्डमा बेष्ट ट्यालेन्ट अवार्ड

काठमाडौं । थाइल्याण्डमा हालै भएको ‘मिस्टर ग्लोब टिन २०१८’मा उत्कृष्ट ५ मा पर्दै ‘बेस्ट ट्यालेन्ट अवार्ड’ हात पारेका छन् । राज ‘मिस्टर ग्ल्यामरस आइकन टिन २०१८’ को दोस्रो संस्करणका विजेता हुन् ।

विजेता राज खड्कालाई मिस्टर ग्लोबल इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर, ड्रिम सर्च एजेन्सीका सिइओ, फोटोग्राफर कमल क्षेत्रीले प्रतियोगितामा पठाएका थिए । प्रतिस्प्रधाको लागि मोडेल तथा कोरियोग्राफर दिक्पाल कार्कीले प्रशिक्षण दिएका थिए ।

यस्तै मलेसियामा एसियन मुलुकका विवाहित नारीहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८’ मा नेपालबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गरिरहेका छन् ।