रमिको किन हुन्छमा अनिल र सिम्रन

काठमाडौं । गीतकार रमि श्रेष्ठको शब्द रहेको ‘किन हुन्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार श्रेष्ठ गीत लेखनको साथमा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन् । ¥यामजोन इन्टरटेनमेन्टकी सिइओ रहेकी श्रेष्ठका यसअघि थुप्रै गीतहरु सार्वजनिक भएका छन् ।

सलिना प्रधानको स्वर रहेको यस गीतमा अनिल शाहीको संगीत छ । भिडियोमा संगीतकार अनिल र सिम्रन पन्तको अभिनय छ । पन्त मिस टिन नेशनलको विजेता हुन । शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको छायांकन छ ।