प्रदेश दौडाहामा तिमी सँग

काठमाडौं । आगामी चैत २३ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘तिमी सँग’ युनिट फिल्मको प्रमोसनका लागि चितवन गएको छ । पछिल्लो समयमा नेपाली फिल्म प्रमोसनका लागि मोफसल दौडाहा भइरहँदा कलाकार शिशिर राणाको निर्माण र निर्देशनमा बनेको यो फिल्मका कलाकारले शनिवार चितवनका पत्रकारसँग अन्तरक्रिया गर्नेछ ।

चितवन जाने टोलीमा फिल्मका निर्माता तथा निर्देशक शिशिर राणा, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक नाजिर हुसेन, कलाकार अनुपम श्रेष्ठलगायत छन् । फिल्मका दुई गीत र एक ट्रेलर सार्वजनिक भइसकेपछि फिल्मले प्रचारप्रसारको कामलाई तिब्रता दिएको हो ।

शिशिरले मुलुक संघीयतामा गइसकेका प्रदेशका प्रमुख सहरमा फिल्मको प्रमोसन टोली पुग्ने बताए । अहिले प्रारम्भिक चरणमा चितवनलाई लक्षित गरिए पनि अन्य सहरमा पनि फिल्म युनिट पुग्ने उनले जनाए ।