राजेशपायलको गीतमा डान्स च्याम्पियन प्रतिष्पर्धी सुशान्त

काठमाडौं । भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडी नृत्य गरेर चर्चामा आएका सुशान्त खत्रीले नेपाली म्युजिक भिडियोमा पहिलोपटक नृत्य गरेका छन् । पारिवारिक भेटघाटका लागि नेपाल आएका सुशान्तले शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नृत्य गरेका हुन् ।

जीवनकै पहिलो म्युजिक भिडियोको रुपमा उनले ‘यो मुटु दुख्छ किन’ बोलको गीतमा अभिनय गरेका हुन् । गीतमा उनी एक्लै फिचरीङ छन् । सार्वजनिक गीतमा दर्पण राईको शब्द र संगीत रहेको छ भने यसलाई राजेश पायल राइले गाएका छन् ।दर्पणले शब्दमा कोरेको मायाको भावलाई सुशान्तले आफ्नो डान्सीङ मुभ मार्फत व्यक्त गरेका छन् । गीतको कोरियोग्राफ राजिव समरसँग मिलेर सुशान्तले नै गरेका हुन । यसमा अनिल के मानन्धरको छायाँकन, विजय बस्यालको ग्राफिक्स, सुप्रिम पराजुलीको सम्पादन छ । गीतलाई एमएमएस इन्टरटेन्मेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सुशान्त खत्री: मलाई नेपाली गीतमा कहिले नाच्छौ भन्ने प्रश्न निकै आउथ्यो , यस गीत मार्फत त्यसको अन्त्य भएको छ । यो मेरो जीवनकै पहिलो म्युजिक भिडियो हो । म नेपालमा भेटघाटको लागि आएको थिए , यसै बेला जुरेको रहेछ यसैले काम गरे । मलाइ गीत निकै मन पर्यो अनि यसलाई छायाँकन गर्ने तरिका जसरि निर्देशक थापाजीले मलाइ सुनाउनु भयो , त्यसले गर्दा पनि म उत्साहित भए । मलाइ नेपाली गीतमा आफुलाई प्रस्तुत गर्न पाउदा निकै खुशी लाग्छ । नेपालमा काम गर्ने ईच्छा पनि , यसको सुरुवात यो म्युजिक भिडियो मार्फत भईसकेको छ । अब हप्ता दिनमै फेरी मुम्बई फर्किदै छु तर नेपाल आउने जाने क्रम चलिनै रहन्छ । यतिबेला म डान्सकै कथामा बन्ने बलिउड फिल्म ’एबीसिडी’ को नयाँ सेरिजको लागि त्यहाँ पुग्दैछु । अभिनय मार्फत कस्तो प्रतिक्रिया आउला भन्ने कौतुहलता छ ।