पटुकीमा रजनीको भगवान पुकार

काठमाडौं । आगामी पौष २१ गते रिलिज हुने फिल्म ‘पटुकी’को ट्रेलर सार्वजनिक भएको छ । साइराम पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ट्रेलरमा प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु रजनी केसी, आशिष सुनुवारलगायतका कलाकारले फिचरिङ गरेका छन् ।

ट्रेलरको एक दृश्यमा नायिका रजनीले ‘हे भगवान मेरो किन परिक्षा लिइरहेका छौं’ भन्ने चोटिलो संवाद बोलेकी छन् । तर उनी के कारणले त्यसो भनिरहेकी छन् । त्यो थाहा पाउन दर्शक फिल्म हेर्न हलमा जानुपर्ने हुन्छ ।  माक्तेन कालुको प्रस्तुतिमा राम नेपालले निर्देशन गरेको फिल्ममा रजनी केसी, जेम्स बिसी, दीपिका कँडेल, रोजी श्रेष्ठ र हरि थापालगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा राजनराज शिवाकोटीको संगीत, माक्तेन कालुको शब्द,

सानुकुमार महर्जनको द्वन्द्व, शिव विकेको कोरियोग्राफी, अभिषेक पौडेलको सम्पादन र लक्ष्मण घिमिरेको छायांकन छ । फिल्ममा माक्तेन कालु निर्माता, वीरजन मिजार सहनिर्माता र सिता मिजार कार्यकारी निर्माता छन् । फिल्मको यसअघि सार्वजनिक गीत ‘पटुकी’ले राम्रो चर्चा पाइरहेको छ ।