बाहुबलीका प्रभाषको अपत्यारिलो कमाई !

मुम्बई(एजेन्सी) । यो वर्षको बक्स अफिस तथ्यांकमा फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’ले विश्वभरीबाट १७ सय करोड बढी कारोबार ग¥यो । यो फिल्म हिट हुनुमा फिल्मका प्रमुख पात्र प्रभाषको भूमिका महत्वपूर्ण थियो । फिल्ममा शीर्ष भूमिकामा देखिएका प्रभाषको २०१७ को कमाईको तथ्यांक कति होला । उनका शुभचिन्तकलाई यो कौतुहलको विषय हो । तर उनको कमाईको तथ्यांकलाई हेर्ने हो भने जोकोहीलाई पनि अपत्यारिलो नै लाग्न सक्छ ।

फिल्म ‘बाहुबली २’ले सन् २०१७ मा सबैभन्दा बढी पैसाको कारोबार गर्ने फिल्मको रुपमा आफुलाई स्थापित ग¥यो । गत अप्रिल २८ मा थिएटरमा रिलिज भएको फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा तहल्का मच्चाउन शुरु गरेको थियो । फिल्मले पहिलो सप्ताहन्तमा १ सय २८ करोडको सानदार ओपनिङ गरेको थियो । यो फिल्म बलिउड बक्स अफिसमा ५ सय ११ करोड रुपैंयाँ आम्दानी गर्ने पहिलो हिन्दी डब फिल्म पनि बन्यो । फिल्मले विश्वभरीमै तमिल, तेलुगु र हिन्दी भर्सनमा १७ सय करोडको व्यापारको रेकर्ड पनि राख्यो ।

फिल्मले यति धेरै कलेक्सनको रेकर्ड राखे पनि फिल्ममा आबद्ध कलाकारदेखि निर्देशकसम्मको वार्षिक कमाई अत्यन्त न्यून छ । फोब्र्सले २०१७ मा सबैभन्दा बढी कमाई गर्ने सय भारतीय सेलिब्रेटिजको सूची सार्वजनिक गरेपछि प्रभाषको आम्दानीको अनुपात देखेर सबै चकित परेका छन् । सूचीमा प्रभास २२ औं स्थानमा छन् र उनको वर्षभरको कमाई ३६ दशमलब २५ करोड छ । फिल्मले १७ सय करोडको कारोबार गरेको भए पनि प्रभाषको आम्दानी सुन्दा जोकोहीलाई पत्यार लाग्दैन ।

प्रभाषको कमाई कम हुनुको पनि कारण छ । प्रभाषले सन् २०१५ मा फिल्म ‘बाहुबलीः द बिगिनिङ’ रिलिज पछि कुनै पनि फिल्ममा काम गर्नका लागि साइन गरेका छैनन् । पहिलो संस्करण पछि दोस्रो संस्करणका लागि दुई दुई वर्ष पुरै बिताए । जसकारण अन्य फिल्ममा काम गरेर पैसा कमाउने ध्याउन्नमा उनी लागेनन् ।  यो फिल्मका निर्देशक एसएस राजामौली चाहिँ सूचीको १५ औं स्थानमा छन् । जसले २०१७ मा ५५ करोड रुपैंयाँ कमाएका छन् । यो हिसाबले प्रभाषको भन्दा उनको निर्देशकको आम्दानी धेरै छ भन्ने प्रष्ट देखिन्छ ।

‘बाहुबली’का अर्का कलाकार भल्लालदेव अर्थात राणा दग्गुबटीको कमाई एसएस र प्रभाषको भन्दा पनि कम छ । सूचीका अनुसार उनको कमाई २२ करोड छ र उनी ३६ औं स्थानमा छन् । फिल्मका अन्य कलाकार अनुष्का शेट्टी, सत्यराज र राम्या कृष्णन भने सूचीमा परेका छैनन् ।