दाई भन्दा कालीलाई पर्यो पीर

काठमाडौ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटाको स्वरमा रहेको नयाँ गीत ‘दाइ नभन्नू ल’को भिडियो सार्वजनिक भएको छ । फिल्म ‘पुरानो डुंगा’ को ‘निर’ गीत कभर गरेर चर्चित भएको र ‘मिस्टर झोले’को गीत ‘ओखती’को कभर भिडियो प्रतियोगितामा प्रथम भएको ‘क्रिष्टल क्लज डान्स क्रु’ले ‘दाइ नभन्नु ल’को भिडियो निर्माण गरेको हो ।

गीतमा एकतारेको शब्द रहेको छ । त्यसमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने संगीत सुशान्त गौतमको छ । गीतमा मन परेकी युवतीले ‘दाइ’ भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको पीडा समेटिएको छ ।

सन्देश जंग राणाको निर्देशन रहेको भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीले अभिनय गरेका छन् । भिडियोलाई सुरज श्रेष्ठले छायांकन तथा सम्पादन गरेका छन् ।