नरसिम्हाको च्यारिटी रकम समाजसेवामा

काठमाडौं । निर्मात्री मोनिका बस्नेतको निर्माणमा बनेको फिल्म ‘नरसिम्हा’ सम्पूर्ण कार्य सकिएर प्रदर्शनको लागि तयार भएको छ । फिल्मको वैशाख महिनामा काठमाडौंमा च्यारिटी शो गर्ने र त्यसको लगत्तै रौतहटमा पनि त्यस्तै च्यारिटी शो गरेपछि सार्वजनिक प्रदर्शन गरिनेछ ।

निर्मात्री मोनिकाले च्यारिटी शोमार्फत संकलन भएको रकमको पचास प्रतिशत अपांग,असहाय,अशक्त बालबालिका तथा वृद्धवृद्धाको लागि सहयोग गर्ने बताईन् । फिल्म पैसा कमाउनको लागि नभई सामाजिक कार्यको लागि निर्माण गरेको दाबी गर्दै उनले फिल्ममा लागेको आफ्नो लगानी नउठे सामाजिक कार्यको लागि लागि परिरहने बताइन् ।

फिल्मको प्रदर्शन मिति तोकिएको छैन । फिल्मको व्यापारको लागि लामो बिदा, दशैं,तिहार नहेरी उपयुक्त मौसम अनुसार रिलिज गर्ने निर्मात्री बस्नेतले बताइन् । गजेन्द्र रञ्जितले निर्देशन गरेको फिल्मका प्रस्तुतकर्ता नरेन्द्र केसी हुन् । फिल्ममा किशोर खतिवडा, संजय खतिवडा, नम्रता योगी, दुर्गेश थापा, नरेन्द्र केसीको मुख्य भूमिका रहेको छ ।

रामेश्वर हुमागाईंले छायांकन गरेको फिल्ममा विकास ज्ञवालीको सम्पादन, सुनिल श्रेष्ठको लेखन, शरण जोशी र शंकर अधिकारी घायलको संगीत, बुद्धि राणाको द्वन्द्व र सुवास काफ्लेको प्रोडक्सन डिजाइन छ ।