सुरक्षासँग माया लगाउँदै भैरेका दयाहाङ

काठमाडौ । आगामी जेठ १८ गते रिलिज हुने फिल्म ‘भैरे’ नयाँ गीत ‘सनम माया ला’को’ गीत सार्वजनिक भएको छ । एभरेष्ट सूर्य बोहराको शब्द, यम बरालको संगीत र यम तथा अञ्जु पन्तको स्वर रहेको गीतमा दयाहाङ राई र सुरक्षा पन्तले फिचरिङ गरेका छन् । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्ममा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानको फिल्ममा छायांकन छ । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह–निर्मातामा रहेको फिल्म नेपालय सिनेमा ईन्टरनेशनलको व्यानरमा बनेको हो ।

फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङलगायतको अभिनय छ ।