प्रेमीको मायामा सिर्जनाको गीत

काठमाडौ । गायिका सिर्जना कार्कीको नयाँ गीत ‘माया’को लिरिकल पप गीतको भिडियो सार्वजनिक भएको छ । विशेषत पप फ्लेबरका गीतको गायनमा पोख्त सिर्जनाको गीतमा प्रेमीको मायाका भाव पाउन सकिन्छ ।

यो गीतमा उनले प्रेमीको मायामा आफू हराएको कुरा गरेकी छन् । सिर्जना र अर्पण कार्कीको शब्द रहेको गीतमा सिर्जनाकै संगीत छ । हर्कुलश बस्नेतले एरेञ्ज गरेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र निर्देशन तथा रामकुमार केसीको छायांकन छ ।