काठमाडौंमा दशौं डी सिने अवार्ड

काठमाडौं । दुई संस्करण मोफसल र सात संस्करण राजधानीमा भएको ‘डी सिने अवार्ड’ को दशौं संस्करण यसपटक राजधानीमै हुने भएको छ । विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आइरहेको २०७५ संस्करणका लागि आयोजक छाँयाछवि क्रिएसनले औपचारिक दर्ता आव्हान गरेको छ ।

पहिलो, दोश्रो र तेश्रो राष्ट्रिय नाचघर जमलमा, चौथो, पाचौं र छैठौं नेपाल एकेडेमी कमलादीमा, सातौं कार्की वैंकेट ववरमहलमा, आठौं संस्करण ग्राण्ड होटल पोखरामा एवं नवौं संस्करण ओम्याक्स हेटौडामा आयोजना गरिएको अवार्ड यसपटक राजधानीमा गरिन लागिएको हो । कार्यक्रम संयोजक मणिराज गौतमले २०७४ को वैशाख १ बाट चैत्र ३० सम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्मका लागि दर्ताको आव्हान गरिएको बताए ।

छायाँछविका अध्यक्ष शान्तिप्रियले डिजिटल प्रविधिमा निर्माण भएका फिल्मलाई प्रोत्साहित गरी नेपाली फिल्ममा प्राविधिक गुणस्तरको वृद्धिमा सघाउ पु¥याउन अवार्ड गर्न लागिएको बताए । ‘अवार्डको दर्ता समय चैत्र महिनामा तोकिएको छ । अवार्डलाई अझै भव्य, सभ्य एवं सुसंस्कृत बनाउँदै दशौं संस्करणलाई काठमाडौंमा गर्न लगेका हौं ।