वैशाख पुग्यो नरेनको स्वर्ग मेरो गाउँ

काठमाडौ । नायक नरेन खड्का र नायिका भावना गुरुङको रोमान्स रहेको फिल्म ‘स्वर्ग मेरो गाउँ’ माघ १२ गतेबाट सरेर वैशाख ७ गते प्रदर्शन हुने भएको छ । फिल्मका निर्माता तथा निर्देशक रामकृष्ण बजगाइले प्राविधिक कारणले फिल्म रिलिजमा ढिलाई भएको बताए । ‘फिल्मले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ,’उनले भने ।

फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । नरेनले फिल्ममा गाउँले युवकको भूमिका निर्वाह गरेका छन् ।  फिल्ममा पवन गौतमको छायांकन, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राईको कोरियोग्राफी र सुनिता बराल बजगाइको कथा छ ।