असारमा आकाश–आस्माको ड्रिम गर्ल

काठमाडौं । निर्देशक ऋषिराज आचार्यको नया“ फिल्म ‘ड्रिम गर्ल’ आगामी असार २९ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारको अभिनय छ ।

काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्याण्डमा खिचिएको फिल्मको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफै हुन । सहनिर्मातामा अर्जुन शर्मा,दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन् ।  आरबी मुभीजको ब्यानरमा बनेको फिल्ममा अर्जुन पोखरेलको संगीत, राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन छ ।