माया पाउन गुनगुनाउँदै उगेश

काठमाडौं । अमेरिकामा बसेर गायनमा सक्रिय रक पप गायक उगेश लिम्बुको नयाँ गीत ‘गुनगुनाउँदैछु’ सार्वजनिक भएको छ । गायक उगेशको आफ्नै युट्युब च्यानलबाट गीतको अफिसियल भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा युगेशकै शब्द र संगीत छ ।  शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक लिम्बु र भावना थापा फिचरिङ छन् ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन छ । अमेरिकामा बस्दै आएका युगेश विगत लामो समयदेखि संगीत क्षेत्रमा आवद्ध छन् । त्यहाँ उनको आफ्नै सांगीतिक व्याण्ड छ । उनले केही अग्रेजी गीतसमेत गाएका छन् ।