रेनुकासँग राजेशपायलको बार माया

काठमाडौं । गीत गायनमा गायक राजेशपायल राई भर्सटायल हुन् भन्दा दुई मत नरहला । नेपाली मात्र होइन, धेरै भाषाका गीत गायनमा उनी अब्बल छन् । क्षेत्रीय भाषाका गीतमा पनि उनको गायकीमा कुनै कमि छैन । नयाँ गायकगायिकालाई प्रोत्साहन दिने गायक राजेशपायल नयाँ गायिका रेनुका दुमी राईसँग यो समयमा ‘बार लाउ है मायाले’को लोक फ्लेबरको गीत लिएर दर्शकमाझ आएका छन् ।

शिखर गजरकोटेको रचनामा रहेको पूर्वेली लोक भाकामा प्रियजन राईले लय संयोजन गरेका छन् । पूर्वेली जुनतारा म्युजिक प्रालिको प्रस्तुतिमा रहेको भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा समिर राई, ऋतु कोईराला र हरिचन्द्र राईले अभिनय गरेका छन् ।

जनकराज अधिकारीले छायांकन गरेको भिडियोमा मनिष कार्कीको सम्पादन र प्रियजन राईको निर्देशन छ । गायिका रेनुकाले राजेशपायलसँग गीत गाउन पाउनु आफ्नो अहोभाग्य मानेकी छन् ।