मेकअप गर्दै ब्युटिसियन नेपालको ट्यालेन्ट

काठमाडौं । व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८ का प्रतियोगीहरुले शनिबार राजधानीमा एक समारोहबीच आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । बिलक्षण क्रियसन र रोज स्किल डेभ्लपमेन्ट सेन्टरद्धारा संयुक्त रुपमा आयोजित यो प्रतियोगिताको ट्यालेन्ट शोमा व्युटिसियनहरुले मेकअप( ब्राईडल, पार्टी, क्यारेक्टर), नेल आर्ट, हेयर स्टाईल जस्ता प्रतिभा प्रस्तुत गरे । उनीहरुले बेहुली सिँगार्ने कलामा समेत प्रतिस्पर्धा गरेका थिए ।

जुरो, हेयर स्टाईल, मेकअप आर्ट, नेलआर्ट जस्ता विभिन्न बिषयमा प्रतिस्पर्धामा यी सबै बिधाबाट उत्कृष्ट हुनेलाई ट्यालेन्ट शोका बिजेता घोषणा गरिने आयोजक संंस्था रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारञ्जिले बताईन् । व्युटीसियनहरुको व्यक्तित्व विकाश, कला प्रस्तुति र प्रतिभा प्रदर्शनका लागि यो प्रतियोगिता गरेको पनि उनले बताईन् । निर्णायक शोमा व्युटिसियनहरु अनिता खड्का रश्मीला श्रेष्ठ, रिना अवाले, सिता श्रेष्ठ, मोडल परिसी कारञ्जित, नेट आर्ट स्पेशल, सुजन तिमिल्सिना, गायिका जुनु रिजाल काफ्ले, फेशन डिजाईनर काजश शर्मा र नेचर इसेन्सका नेशनल म्यानेजर रमेश उप्रेती थिए ।

आगामी २७ चैतमा राजधानीको नाचघरमा हुने अन्तिम प्रतिस्पर्धाबाट व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ को बिजेता चयन गरिने छ । बिजेताले २५ हजार रुपैयाँ सहित विभिन्न उपहार प्राप्त गर्नेछिन् ।  यो प्रतियोगिताको २१ अन्तिम प्रतिस्पर्धीमा सुहाना अर्याल, बिना रानामगर, कविता बानियाँ, मेघ्ना देउला, सरिता भारती, रजनी श्रेष्ठ, नविना अधिकारी, दीपा महर्जन, पुष्पा महत, मिना गुरुङ, कृष्टिना महर्जन, दीपा सेडाईं, सरिता बास्कोटा, दीपा अधिकारी, सपना थापामगर, एलिना श्रेष्ठ, रजनी भुजेल, प्रविना श्रेष्ठ, रञ्जना श्रेष्ठ गुरुङ र कुसुम तामाङ छन् ।