आँचलसँग आकाशको पलपल हरपल

काठमाडौं । आगामी जेठ ११ रिलिज हुन लागेको फिल्म ‘ब्ल्याक’ को दोस्रो गीत ‘पल पल हरपल’ सार्वजनिक भएको छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माले रोमान्स गरेका छन् । सुगम पोखरेलको सोलो स्वर रहेको गीतमा आकाशको आँचल प्रतिको प्रेमभाव देखाइएको छ । गीतमा आँचल बोल्ड अवतारमा देखिन्छिन् ।

मुस्ताङको रमणीय दृश्यमा खिचिएको गीतमा दुवै कलाकारलाई कोरियोग्राफर रामजी लामिछानेले नँचाएका छन् । गीतमा महेश खड्काको संगीत र डा. कविराज बान्तवाको शब्द छ । छाँयाकार रामशरण उप्रेतीले निकै मेहनतपूर्वक गीतलाई क्यामरामा कैद गरेका छन् ।

प्रदिप श्रेष्ठको निर्देशनमा मौनता श्रेष्ठको कथा छ । आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको पनि अभिनय छ । फिल्ममा चन्द्र पन्तको द्वन्द्व, अर्जुन जिसीको सम्पादन छ ।