काभ्रेस्थलीमा साली भेनाको दोहोरी

काठमाडौं । दुर्गा गुरुङ, टिका पुन, तेजेन्द्र दुरा र केशु गुरुङले गाएको नयाँ गीत ‘झिल्के भेना’ गीतको काभ्रेस्थलीमा हालै छायांकन गरिएको छ । भिडियोमा साली अर्थात् सोल्टिनीको भूमिका गायिका केशुले अभिनय गरेकी छन् । झिल्के भेनाको भूमिका भने आनन गुरुङ देखिएका छन् ।

गुरुङ पहिचान बोकेको कौरा गीतमा मोडलिङ गरेपछि केशुले आफ्नो संस्कृति झल्किने भिडियोमा अभिनय गर्दा रमाइलो लागेको बताइन् । रेवत राना मगरको लय, रेशम गुरुङको शब्द र दुर्गा गुरूङको म्युजिक संयोजन रहेको यस भिडियोको निर्माण रेवत मगर र रेशम गुरूङले गरेका हुन् । राजु गुरुङले निर्देशन गरेको यस कौरा भिडियोमा पर्सन गुरुङले कोरियोग्राफी गरेका छन् ।

यो भिडियो चाँडै नै दर्शक तथा श्रोतामाझ आउने बताइएको छ । स्वास्थ्यकर्मी समेत रहेकी गायिका केशु गुरुङ यसै भिडियोका लागि दमौलीबाट राजधानी आएकी छन् । यसै मौकामा एउटा गीत रेकर्डिङ गरेर दमौली फर्किने केशुले बताइन् ।