र्याडको भन सानुमा एलिशा–निराजन रोमान्स

काठमाडौ । अष्ट्रेलियामा रहेका चार नेपाली संगीतकर्मीहरूको ब्याण्ड ‘र्याड स्टुडियो’ले ‘भन सानु’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । नेपालमै छायांकन गरिएको गीतमा प्रविण श्रेष्ठको निर्देशन छ । गीतमा एलिशा राई र निराजन प्रधानको अभिनय छ । गीतमा एकतारेको शब्द छ ।

प्रोफेसनल भीसा ईजुकेसन एन्ड सर्भिसेजको प्रस्तुति रहेको गीतमा स्टुडियोकै संगीत छ । सन् २०१४ देखि सिड्नीमा बसोबास गरिरहेका नेपाली युवा संगीतकर्मीहरुले स्थापना गरेको राजेश घिमिरे, अनुज श्रेष्ठ, धर्मेन्द्र माली तथा सरोज परियार छन् । ब्याण्डले ‘तिमी भित्र’ र ‘आयो रे आयो’ सार्वजनिक गरिसकेको छ ।