शिवको मात नलाग्नेमा प्रियंका–विशाल

काठमाडौं । गायक शिव परियार कहिले ‘क्या दामी भो’ भन्दै त कहिले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ भन्दै श्रोतामाझ आउँछन् । यी गायक अब चाहिँ ‘मात नलाग्ने’बोलको गीतको भिडियो लिएर दर्शकमाझ आएका छन् ।

उनको एघारौं एल्बम ‘शिवालय’मा रहेको गीतमा आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ । गीतमा नायिका प्रियंका कार्की र विशाल लामाले फिचरिङ गरेका छ । गीतमा राजिव समरको कोरियोग्राफी छ ।

यहि वर्ष मात्रै शिवको ‘आँशुको अर्थ’र ‘हल्ला हल्ला मै माया’ गीत बजारमा आइसकेका छन् । भिडियोमा निकेश खड्काको निर्देशन छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ ।