हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन् शाहरुख

मुम्बई(एजेन्सी) । मुम्बईमा बढ्दो ट्राफिकबाट आजित भएका बलिउड किङ खान अर्थात शाहरुख खान ट्राफिक झन्झटबाट मुक्ति पाउन नयाँ उपाय अपनाउन थालेका छन् । हाल फिल्म ‘जिरो’को सुटिङमा व्यस्त शाहरुख मुम्बईमै रहेको सुटिङस्थल पुग्न हेलिकप्टरको सहारा लिन थालेका छन् । त्यसैकारण दिनहुँ हुने ट्राफिक जामबाट मुक्त पाउन उनी एक हिसाबले सफल पनि भएका छन् ।

समाचार अनुसार उनी विहान ७ बजे सुटिङका लागि हेलिकप्टरबाट सुटिङस्थल जान्छन् र साँझ ६ बजे उनी घर फर्किन्छन् । आफ्नो कारण र ट्राफिकको कारण सुटिङमा ढिलाइ नहोस् भन्नका लागि शाहरुखले यो उपाय अपनाएका हुन् ।

निर्देशक आनन्द एल रायले फिल्मी करियरमा २५ वर्ष र अधिक ब्लकब्लष्टर फिल्म दिइसकेका शाहरुखलाई अहिले पनि बच्चाको जस्तै काम गर्ने शक्ति देख्दा आफू छक्क पर्ने बताए । फिल्ममा शाहरुखका अलावा कटरीना कैफ र अनुष्का शर्मा पनि छन् ।