छायाँछवि श्रृंखलामा धादिङका स्रष्टा

काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा राजधानीमा शनिवार भएको ‘छायाँछवि काव्य श्रृंखला’को छैठौं संस्करणमा यसपटक धादिङका दुई स्रष्टाका कविता सुनिए । साहित्यकार एवं रेडियोकर्मी नवराज लम्साल तथा अभिनेत्री शोभिता सिंखडाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा धादिङका कवि यात्री प्रकाश पाण्डे तथा कवियत्री अमृता स्मृति सबै धादिङकै थिए ।

छाँयाछविका अध्यक्ष शान्तिप्रियले आफ्नो मूल उद्देश्य साहित्यिक क्रियाशिलताका माध्यमबाट केही न केही साहित्यिक रुपमा विकास गर्नु रहेको बताइन् ।कार्यक्रम संयोजक रश्मि रोदनले साहित्य, संगीत र फिल्मको त्रिवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप छायाँछवि काव्य श्रृंखला आयोजना गरिदै आएको बताइन् । श्रृंखलामा गजलकार यात्री प्रकाश पाण्डेले गजल बाचन गरेका थिए भने कवयित्री अमृता स्मृतिले कविताहरु सुनाएकी थिइन् । वाचन गरिएका श्रष्टाका सिर्जनामाथि नवराजले समिक्षा गरेका थिए ।