रोजिनलाई मलेसियामा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्य मलेसियामा ‘वेष्ट इन्टरप्रिनर इन मल्टी टास्क पर्सनालिटी अवार्ड’बाट पुरस्कृत भएका छन् । रोजिनले गत चैत्र २४ गते मलेसियाको क्वालालम्पुरस्थित द प्यालेस अफ गोल्डेन हर्सेस् होटलमा भएको ‘द इन्टरनेशनल प्रिस्टिज् ब्रान्ड अर्वाड’मा ‘वेष्ट इन्टरप्रिनर’ विधाअन्तर्गत अवार्डबाट पुरस्कृत भएका हुन् ।

यो विधामा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने रोजिन पहिलो नेपाली हुन् । उनलाई पुरस्कारका लागि नेपालस्थित इ प्लानेटले मनोनीत गरेको हो । एशिया एक्सिलेन्स इन्टरप्रिनर फेडरेसनले सम्बन्धित विधामा रोजिनले हासिल गरेको उपलब्धि, पु¥याएको योगदान र निरन्तरताको मूल्यांकन गर्दै अवार्डबाट सम्मानित गरेको जनाएको छ । डेढ दशक भन्दा लामो समयदेखि फेसन कोरियोग्राफरका रुपमा चर्चित रोजिनसँग अन्तर्राष्ट्रिय इभेन्टको कोरियोग्राफीको पनि अनुभव छ ।