सुटिङस्थलमा अनुपलाई वर्षाको केक

काठमाडौं । महिना दिनदेखि छायाँंकनरत फिल्म ‘जय शम्भु’को सुटिङस्थलमै नायिका बर्षा सिवाकोटीले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । उन काभ्रेस्थलीको सुटिङ सेटमै फिल्म युनिटसँगै केक काटेर फिल्मका सहकर्मीलाई पनि खुवाइन् ।

फिल्म ‘जय शम्भु’को सेटमा केक काटेकी बर्षाले शुरुमा नायक अनुप बिक्रम शाहीलाई केक खुवाइन् । बर्षाको दुबैछेऊमा फिल्मका खलनायक प्रशान्त ताम्राकार र अनुप थिए तर उनले शुरुमा आफ्नो हातबाट अनुपलाई केक खुवाइन् । अनुपपछि लगत्तै प्रशान्तलाई केक खुवाएकी थिइन् । वर्षाको हातबाट केक खाँदै प्रशान्त र अनुपले सुस्वास्थ्य दिर्घायुको कामना भन्दै बर्षालाई शुभकामना दिएका थिए ।

फिल्मका निर्देशक रुपेश तामाङका अनुसार फिल्मको अब दुईसातामा छायांकनको सम्पुर्ण काम सकिनेछ । प्रस्तुतकर्ता दिनेश शाहीका अनुसार फिल्ममा सोचेभन्दा बढी लगानी लागेको बताए । उनका अनुसार फिल्ममा डेढ करोडको लगानी पुग्ने बताए । यस अघि श्रावण १ गते रिलिज हुने भनिएको यस फिल्म श्रावण १ बाट अघि सरि असार २९ मा रिलिज हुने निर्माण पक्षले जानकारी गराएका छन् ।

फिल्ममा अरविन्द्र शाक्यको लगानी छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन हुन् । फिल्मलाई हरि घले लामाले खिचिरहेका छन् ।