शानको भिडियोमा मेनुकाका बितेका कुरा

काठमाडौं । गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार मेलिनाकै युट्युब च्यानलबाट ‘बितेका कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उत्तम जंग लिम्बुको संगीत रहेको उक्त गीतमा राज थेगिम अश्रुतको शब्द समावेश छन् ।  निर्देशक शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा मेलिना आफैं फिचरिङ छिन् । मेलिनाले अभिनय गरेको यो नै पहिलो म्युजिक भिडियो हो ।

गीत र भिडियोलाई लिएर आफु निकै उत्साहित भएको मेलिनाले बताइन् । उनले भनिन् ‘मैले भिडियोमा आफै अभिनय गरेको छु । यो मेरो सानो प्रयास हो । यसलाई दर्शक–श्रोताले मन पराइदिनु हुन्छ भन्ने आशा राखेको छु ।’  फनिन्द्र राईले एरेन्ज गरेको यस गीतलाई मुकेश मुकारुङले मिक्सिङ गरेका छन् । भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् भने सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् ।