सुरेशको गीतमा हारेका पुष्प

काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको ‘जितेर पनि हारमा छु’ बोलको गीत सार्वजनिक भएको छ । गजलकार सुरेश वाग्लेको गीति एल्बम ‘तिमी साथ भएपछि’मा समावेश गीतमा हरि लम्सालको शब्द छ ।

गीतकार वाग्लेले गीतमा सबै कुरा जेतेर पनि मान्छे भित्री रुपमा दुखित भएर आफैसँग हारेको परिवेशलाई प्रस्तुत गरिएको बताए । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा पुष्प खड्का र मरिष्का पोखरेलले अभिनय गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

यस एल्बममा समावेश एक गीत ‘तिमी साथ’लाई धेरै दर्शकश्रोताले मन पराएका छन् । बुद्ध लामाको स्वर रहेको उक्त गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा परिसकेको गीतले युट्युबमा ११ लाख बढी दर्शक पाएको छ ।