सारासँग निराजनले लगाए यस्तो माया

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्दमा रहेको रोमान्टिक गीत ‘माया लगाइ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर थापाको स्वर र संगीत छ । गीतमा उदयराज पौडेलले संगीत संयोजन छ । आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा अशोक महर्जनको मिक्सिङ छ ।

भिडियोमा सारा सिरपाली र निराजन प्रधानको रोमान्टिक अभिनय हेर्न पाइन्छ । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा सारा र निराजनको जोडी लोभलाग्दो छ । भिडियोमा उत्सव दाहालको छायांकन र निशान घिमिरको सम्पादन छ । यो भिडियोलाई गीतकार अम्बिका गुरुङले भावसागर इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएकी हुन् ।