गोरखाकी सरिता व्युटिसियन ट्यालेन्ट नेपाल

काठमाडौं । व्युटिसियनहरुबीच भएको सौन्दर्य प्रतियोगिता ‘व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८’को उपाधि गोरखाकी सरिता भारतीले जितेकी छिन् । उनले उपाधिसँगै २५ हजार रुपैयाँ र फोटोजेनिकको उपाधि पनि प्राप्त गरिन् ।

मंगलबार राजधानीको नाचघरमा रोज सिप विकाश केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्वारा संँयुक्त रुपमा आयोजित प्रतियोगितामा सर्लाहीका नविना अधिकारीले मोस्ट ट्यालेन्ट अवार्डसहित फस्ट रनरअपको उपाधि र १५ हजारको कस्मेटिक समाग्री जितिन् । यस्तै रजनी श्रेष्ठ पर्सनालिटी सहित सेकेन्ड रनरअप हुँदै १२ हजार रुपैयाँको कस्मेटिक सामग्री प्राप्त गरिन् । यो प्रतियोगिताको निर्णायकमा बरिष्ट व्युटिसिनहरु डा. राजश्री श्रेष्ठ, इन्दु कुमारी आचार्य, अभिनेत्री हर्षिका श्रेष्ठ, अभिनेता निर्जन थापा, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य मधु शाही र मोडल पविना खड्का थिए ।

सिटीईभिटीका उपाध्यक्ष कुलबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा २१ प्रतियोगी थिए । जसमा दीपाई सेढाईले बेस्ट ड्रेस, मस्ट पपुलर व्युटिसियन, पब्लिक च्वाईस र डिजर्भिङ अवार्ड जितिन् । यस्तै रञ्जना श्रेष्ठ गुरुङले फ्रेन्ड सिप, प्रविना श्रेष्ठले चर्मिङ, रजनी भुजेलले स्टाईलिस्ट व्युटिसियन, एलिना श्रेष्ठले पञ्चुअल, सपना थापाले मस्ट डिसिप्लेन, दीपा अधिकारीले व्युटिफुल आईजको अवार्ड जिते ।

सरिता बास्कोटाले स्माईल, सविना शाहीले व्युटिफुल व्युटिसियन, क्रिस्टिना महर्जनले हेल्दी हेयर, मिना गुरुङले अर्गनाईजर च्वाईस्, पुष्पा महर्जनले बेस्ट फिटनेश, दीपा महर्जनले मस्ट कन्फिडेन्ट, मेघ्ना देउलाले बेस्ट स्किन, कविता बानियाँले हेल्दी फिगर, बिना रानामगरले बेष्ट नेल आर्ट र सुहाना अर्यालले बेस्ट फिगरको अवार्ड जिते । व्युटिसियनहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र उनीहरुलाई यो पेशामा अझ दक्ष बनाउन व्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गरिएको रोज सिप विकाश केन्द्रकी अध्यक्ष सुन्दरी कारञ्जितले बताईन् । कार्यक्रममा निशा देशार, सरिता प्रजापति, जुनु रिजाल काफ्ले, बुनु शर्मा उप्रेतीको गायनले मनोरम तुल्याएको थियो ।