नेपाल सम्झँदै मुकेशले ल्याए भिडियो

काठमाडौं । इलाम घर भई बेलायतमा बसोबास गर्दै आएका गीतकार मुकेश राईको ‘मेरो प्यारो, मेरो देश नेपाल’ बोलको स्वदेश गीतको भिडियो सार्वजनिक भएको छ । स्टार लाइट इन्टरटेनमेन्टले युट्युबमार्फत बिहीबार म्युजिक भिडियो दर्शकमाझ आएको हो ।

यो गीत गीतकार राईको हालै बजारमा आएको एल्बम ‘मनोकांक्षा २’ समेटिएको छ । ताराप्रकाश लिम्बूको स्वर संगीत रहेको गीतको भिडियो निर्देशन सान थापाले गरेका छन् भने गायककै अभिनय हेर्न सकिन्छ । जहाँ रहे पनि स्वदेशलाई माया गरौं भन्ने यो गीतको सन्देश रहेको गीतकार राईले बताए ।

‘मनोकांक्षा २’ मा ‘मेरो प्यारो नेपाल’, ‘अनमोल मायाको’, ‘दुःखमा झर्ने’, ‘अनमोल मायाको’, ‘साथी तिमी मेरो’, ‘तिमी मेरो संसार’, ‘फिक्का–फिक्का भाको छ’ र ‘के कुरा बसन्तको’ बोलका गीत समेटिएका छन् । ताराप्रकाश लिम्बू र हरि लम्सालका संगीतमा ताराप्रकाशसहित राजेशपायल राई र बानिका प्रधान, मेलिना राई, मिलन अमात्य, प्रमोद खरेल र अमृता लिम्बूले स्वर भरेका छन् ।