लम्फू ट्रेलरमा को लम्फू ?

काठमाडौ । वैशाख २८ मा रिलिज हुने फिल्म ‘लम्फू’को ट्रेलर सार्वजनिक भएको छ । बिहिवार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा बेरोजगार एक युवाको संघर्षलाई देखाइएको छ । ट्रेलरमा नव–नायक कबिर खड्का, नायक सलोन बस्नेत, नायिका मरिष्का पोखरेललगायतले फिचरिङ गरेका छन् ।

फिल्मका निर्देशक गोपालचन्द्र लामिछानेले फिल्म हेरेपछि राम्रो लागे ताली, नलागे गाली दिन आग्रह गरे । निर्माता शक्तिबल्दब घोरासैनीले आफुले दर्शक भएर ‘लम्फू’लाई हेरेको बताए ।  फिल्ममा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

फिल्ममा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन, पुनम गौतमको कस्ट्युम डिजाईन, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ र अर्जुन पोखरेलको संगीत छ ।