हेटौडा च्यारिटीमा रुचाइयो भोर

काठमाडौं । तराईमा रहेको दाइजो प्रथाको कथामा निर्माण भएको फिल्म ‘भोर’को हेटौडामा च्यारिटी शो गरिएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको च्यारिटी शो हेरे पछि दर्शकहरुले फिल्मको खुलेर प्रशंसा गरेका छन् ।

दर्शकहरुसँग बसेर फिल्म हेर्दै निर्देशक यादब भट्टराईले फिल्ममा वास्तविक कथालाई पर्दामा उतार्दा दर्शकहरुले तारिफ गरेको बताए । यसअघि उनले सती प्रथामा आधारित फिल्म ‘झोला’ निर्देशन गरेका थिए ।

फिल्म हेर्नका लागि सरकारी निकायदेखि गैर सरकारी निकायका प्रतिनिधिको उपस्थिति थियो । फिल्ममा रामनारायण ठाकुर, राजेश सक्सेना, डोलि सरकार र बिएन पटेल लगायतको अभिनय छ । फिल्ममा देवेन्द्र सुवेदीको लगानी छ ।