अमेरिका बोइज गाउनेलाई ५० हजार

काठमाडौं । फिल्म ‘अमेरिका बोइज’ को शीर्ष गीत ‘आयो शहरबाट अमेरिका बोइज’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर दिपकराजको रहेको छ भने गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

गीत रिलिज भएसँगै कभरसङ प्रतियोगिता पनि निर्माण टिमले आयोजना गरेको छ । कभरसङ विजेताले ५० हजार नगदसहित आकर्षक पुरस्कार जित्नेछन् । प्रवेश पौडेल निर्देशित यस फिल्मा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, सृष्टि कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउतलगायतको अभिनय छ ।

सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको लगानी रहेको छ । समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज केसी पनि सह–निर्माताको रुपमा रहेका छन् । फिल्ममा विवेक पाण्डेको कथा, पटकथा र संबाद, दिपक आरजे र जयन जेवाईवाको संगीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य, सम्राट बस्नेतको द्वन्द्व, आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।