टोपी लाउनेलाई निलमको माया

काठमाडौं । संगीतकार तथा गायिका निलम रोजी राईले ‘हजुरले लाएको टोपी मन प¥यो’ बोलको गीत तथा भिडियो ल्याएकी छन् । नयाँ वर्षको मौका छोपेर गीतकार समेत रहेकी निलमले भिडियो सार्वजनिक गरेकी हुन् ।

‘मलाई हजुरले लाएको टोपी मन प¥यो’ बोलको गीतको शब्द, संगीत र स्वर निलमले दिएकी छन् । सार्वजनिक भिडियोलाई कमल राईले निर्देशन र युवराज राईले छायांकन गरेका छन् । प्रेम तथा राष्ट्रभावना मिश्रित यस भिडियोमा दक्षकुमार राई, ऋचा थापा, निर्मला पुलामी मगर र देविकाश्री मगरले अभिनय गरेका छन् । यस भिडियोका निकै मिहिनेत गरेको गायिका तथा संगीतकार निलमले सुनाइन् ।

दक्ष फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको यस भिडियोलाई निलमले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत रिलिज गरेकी हुन् । भिडियो रिलिजपछि उनले भनिन्, ‘नेपालीहरुको नयाँ वर्षको अवसरमा शुभकामना स्वरुप यो भिडियो ल्याएकी हुँ ।’ उनले भिडियो हेरेर कमेन्ट तथा प्रतिक्रिया दिन समेत दर्शक तथा श्रोतामाझ आग्रह गरेकी छन् ।