सृष्टिलाई सघाउन च्यारिटीमा ब्लाइण्ड रक्स

काठमाडौं । दृष्टिविहिन सृष्टि केसीको संस्था ब्लाइण्ड रक्स अर्गनाइजेसनको सहयोगार्थ फिल्म ‘ब्लाइण्ड रक्स’को च्यारिटी शो हुने भएको छ । सृष्टिकै जीवनकथामा तयार पारिएको फिल्मको आगामी वैशाख १३ गते च्यारिटी शो गरिन लागिएको हो ।

फिल्मका निर्माता निकेश लिम्बुका अनुसार शोमा विशिष्ट, कुटनीतिज्ञ, समाजसेवीसँगै व्यवसायीहरुको उपस्थिति हुनेछ । मिलन चाम्स निर्देशित फिल्ममा नायिका वेनिशा हमालले शीर्ष भूमिकामा अभिनय गरेकी छन् ।  फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो ।