खाली खालीमा जलपरीसँग राजनको प्रेम

काठमाडौ । गायक राजन तिमिल्सिनाको रोमान्टिक गीत ‘खाली खाली’को भिडियो सार्वजनिक भएको छ । तिमिल्सिनाले आफ्नै यूट्युब च्यानल मार्फत गीत रिलिज गरेका हुन् ।  राजनको आफ्नै संगीतमा तयार भएको गीतमा राजनको साथमा बेपिका बस्नेतको स्वर छ । गीतलाई यमन सुवेदीले लेखेका हुन् । भिडियोमा एक जलपरीसँग युवकको प्रेम रहेको देखाईएको छ ।

भिडियोमा मिलन शंकर र कृपा राजभण्डारीको अभिनय छ । यसै गीतबाट मोडल राजभण्डारीले अभिनयमा डेब्यू गरेकी हुन् । गीतको भिडियोलाई अनिल के मानन्धरले निर्देशन तथा छायांकन गरेका छन् । शिलन लम्साल भिडियोका सम्पादक हुन् ।