दैनिक २३ औषधि खान्छन् कपिल

मुम्बई(एजेन्सी) । भारतीय मनोरञ्जन उद्योग र सम्पूर्ण दर्शकलाई मनोरञ्जन दिलाउने कपिल शर्मा आफू भने अस्वस्थताको शिकार बनिरहेका छन् । अस्वस्थ भएकै कारण कपिल दिनमा २३ वटा दबाई खान्छन् । उनको स्वास्थ्यले दर्शकदेखि शोको स्क्रिप्ट लेखकलाई समेत चिन्ताको विषय बनाइदिएको छ ।

समाचार अनुसार कपिल अधिकांश समय सुत्छन् । उनी आफ्नो जन्मदिन २ अप्रिलमा पनि निकै सुते । एउटा तनावको अवस्थामा गुज्रिरहेकाले पनि उनलाई सुताई नै साथी बनेको छ । उनी तनावकै कारण आफ्नो शोलाई नियमित सञ्चालन गर्ने वा नगर्ने भन्ने दोधारमा छन् ।

कपिल शर्मा शो चलाइरहँदा शोका कलाकारसँग मनमुटाव भएपछि कपिलको उकालो लागिरहेको करियरमा ब्रेक लागेको थियो । शोका अन्य कलाकारले शो नै छोडेपछि उनी डिप्रेसनको शिकारमा परेका थिए । त्यही कारण उनले दैनिक रुपमा २३ वटा दबाई खानुपरेको बताइएको छ ।