आफ्नै च्यानलमा सुवासको पर्व रिलिज

काठमाडौं । नयाँवर्षको अवसर पारेर गत वर्ष रिलिज फिल्म ‘पर्व’ युटुबमा सार्वजनिक भएको छ । गत वर्षको जेठमा रिलिज भएको फिल्मले हलमा औषत व्यापार गरेको थियो । सुवास इन्टरटेनमेन्टको व्यानरमा बनेको फिल्मलाई इन्टरटेनमेन्टकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फिल्मका निर्माता सुवास गिरीले अब आफ्ना सबै उत्पादनलाई आफ्नै च्यानलबाट सार्वजनिक गरिने बताए । ‘अबदेखि सुवास इन्टरटेन्मेन्टले बनाएका सबै फिल्म सुवास इन्टरटेन्मेन्टको युटुब च्यानलबाट आउनेछ,’ उनले भने, ‘आफ्नो ब्यानरमा अबदेखि बनाउने फिल्म अन्य कम्पनीलाई डिजिटल राइट्समा बिक्री नगर्ने निर्णय लिएका छौं ।

सस्पेन्स थ्रिलर कथामा तयार भएको फिल्ममा दिनेश राउतको निर्देशन छ । फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ । गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्ममा समावेश गीत ‘काले दाई काले दाई’वर्षकै हिट गीतमा पर्दछ ।