प्रदिपको भिडियोमा राजको चुडी लग्यौ

काठमाडौं । गायक तथा संगीतकार राज सागरको स्वरमा रहेको गीत ‘चुडी लग्यौ’को भिडियो सार्वजनिक भएको छ । प्रेमी र प्रेमिकाबीचको असमझदारीले उनीहरुको प्रेममा निम्तिने समस्यालाई प्रस्तुत गरिएको भिडियोको क्लाइमेक्स सुखद छ ।

यशु थापाको शब्द रहेको गीतमा रिकेश गुरुङको अरेन्ज छ । प्रदिप श्रेष्ठ निर्देशित भिडियोमा रेनु लामा, सन्दिप गुरुङ र प्रकाश सुवेदीको अभिनय छ । भिडियोमा शिव ढकालको छायांकन र विष्णुहरि तिमिल्सिनाको सम्पादन छ ।