हङकङमा एक्लिइन् केकी !

काठमाडौं । म्युजिक भिडियो हुँदै फिल्मी अभिनयमा उदाएकी नायिका केकी अधिकारी विदेशी भूमिमा एक्लिएकी छन् । केही समय अघि हङकङमा गएकी उनी उतै एक्लिएकी हुन् । तर केकी कोही कसैको साथ नपाएर एक्लिएकी भने पक्कै होइन् ।

बादल लिम्बुको संगीत र भद्रकला आङबुङको शब्द रहेको ‘एक्लोपन’गीतको म्युजिक भिडियोमा उनी एक्लिएकी हुन् ।हङकङमा छायांकन गरिएको गीतको छायांकन सकेर केकी चाहिँ नेपाल आइसकेकी छन् ।

गीतमा गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर छ । सुवास गुरुङ निर्देशित भिडियोमा केकी, ओमप्रकाश राई र विकास लिम्बुले फिचरिङ गरेका छन् ।

हङकङका रमणीय दृश्यमा खिचिएको भिडियो सुन्दर बनेको छ । विक्रम गुरुङको छायाँकन रहेको भिडियोलाई युवी चाम्सले सम्पादन गरेका हुन् । अरेञ्ज उदयराज पौडेलको छ ।

हेर्नुहोस् भिडियो