ब्वाईफ्रेण्डको शीर्ष गीत सार्वजनिक

काठमाडौं । माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘व्वाईफ्रेण्ड’को शीर्ष गित सार्वजनिक भएको छ । लायन कृष्ण खनालको निर्माणमा तयार भएको यो फिल्ममा पुष्कर रेग्मी र महिमा सिलवालको प्रमुख भुमिका रहेको छ । बुढाथोकी फिल्मसको व्यानमा निर्माण भएको यो फिल्मका प्रस्तुतकर्ता सुर्य बुढाथोकी हुन् ।

युवा अवस्थामा आफ्ना अभिभावकको खुकुलो हेरचाहका कारण कुलतमा फस्ने गरेका युवाहरुको कथा समेटिएको यो फिल्मले सामाजिक चेतना दिने निर्माता कृष्ण खनालले दाबी गरे ।

फिल्ममा महिमा र पुस्करका अलवा सरोज खनाल,मोहन निरौला,कृष्ण खनाल, श्याम कुमार मिश्र ,सोनम थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मदन घिमिरेको निर्देशनमा तयार भएको यो फिल्मको लेखक भने मौनता श्रेष्ठ हुन् ।सार्वजानिक फिल्मको टाईटल गितमा टंक बुढाथोकीको स्वर रहेको छ भने गीतमा टंक बुढाथोकी, सोनम शेर्पा र के के सिंहको संगीत रहेको छ ।