सन् २०१८ मा हेर्नैपर्ने यी हलिउड फिल्म

लसएञ्जल्स(एजेन्सी) । अंग्रेजी नयाँवर्ष सन् २०१८ अब आगमनको संघारमा नै छ । सन् २०१७ को बिदाई र नयाँवर्ष २०१८ को स्वागत गर्न विश्व समुदाय एकजुट भइसकेको छ । सन् २०१८ लाई मनोरञ्जनमय वर्ष कसरी मनाउने भनेर सोच्दै हुनुहुन्छ भने बीबीसीले तपाईलाई वर्ष २०१८ मा हेर्नैपर्ने फिल्मको नाम सार्वजनिक गरेको छ । रमाइलो के छ भने प्रत्येक महिनामा कुन फिल्म हेर्ने पनि उसले महिना तोकिदिएको छ ।

The Post

जनवरी महिनामा तपाईले जेसिक चेस्टेन अभिनित एरोन सर्किनको बायोपिक फिल्म ‘मोलिज गेम’, क्रिस्टियन बेलको ‘होस्टाइल्स’, गेरी ओल्डमेनको ‘डार्केष्ट आवर’, फ्रान्सेस म्याडोरमेन्डको ‘थ्री बिलबोर्डस् आउटसाइट अफ इबिङ, मिजोरी, टम ह्यांक र मेरिल स्ट्रिपको ‘द पोस्ट’ र रिड्ले स्कोटको ‘अल द मंकी इन द वल्र्ड’ हेर्न सक्नुहुनेछ । यही पिक्सरको ‘कोका’ र आरर्डमेनको ‘अर्ली म्यान’ नामका दुई एनिमेटेड फिल्मले पनि तपाईलाई मनोरञ्जन दिनेछन् ।

Fifty Shades Freed

वर्षकै छोटो महिना रहेको फेब्रुअरीमा ओस्कारको दौडमा रहेको डेनियल डे लेविस अभिनित ‘फेन्टम थ्रेड’, डेञ्जल वासिङ्टनको ‘रोमन जे इजरायल, इश्क’, कोलिन फर्थको ‘द मेर्सी’, साओराइस सोनानको ‘लेडी बर्ड’ र सेली हकिन्सको ‘द सेप अफ वाटर’, मार्गोट रोबीको ‘आइ, टोन्या’ नजर लगाउन सक्नुहुनेछ । यसै महिना वर्षकै पहिलो सुपरहिरो फिल्म ‘ब्ल्याक पेन्थर’ र ‘फिफ्टी सेड्स फ्रिड’ पनि आकर्षण रहनेछन् ।

Peter Rabbit

मार्च महिना महिलाका लागि विशेष हुनेछ । किनकी यो महिना शीर्ष भूमिकामा रहेको फिल्म धेरै रिलिज हुँदैछन् । यो महिना जेनिफर लरेन्सको ‘रेड स्पेरो’, रोनी माराको ‘मेरी म्यागडेलेन’ र एलिसिया भिकान्डेरको ‘टम्ब रेडर’ रिलिज हुनेछन् । रोबोट फिल्म ‘पेसिफिक रिमः अपराइजिङ’, स्टिभिन स्पिलबर्डको ‘रेडी प्लेयर वान’ र एनिमेटेड फिल्म ‘पिटर ¥याबिट’ प्रदर्शन हुनेछन् ।

Avengers-War

अप्रिल महिनामा मार्बलको सुपरहिरो फिल्म ‘द न्यू मुटेन्ट्स’, ‘एभेन्जर्सः इनफिनिटि वार’, ड्वाइनको ‘रेम्पेज’, एमिली ब्लन्टको सुपर हरर फिल्म ‘ए क्वाइट प्लेस’ र उपन्यासमा आधारित फिल्म ‘दी ग्वार्सने लिटररी एण्ड पोटाटो पिल पाइ सोसाइटी’ हेर्न सक्नुहुनेछ । मे महिनामा एल्डिन इहरेनरिच अभिनित फिल्म ‘सोलोः ए स्टार वार्स स्टोरी’, लेडी गागा अभिनित ‘ए स्टार वार बर्न’, सेरोन होर्गेनको ‘सेर्लोक ग्नोम्स’ रिलिज हुनेछन् ।

Mission: Impossible 6

जुन, जुलाई र अगष्ट भने फिल्म कमै मात्र रिलिज हुनेछ । खास गरी यो समयमा विश्वकप फूटबल चलिरहेको हुनाले पनि मानिसहरुमा फिल्ममा भन्दा बढी फूटबलमा ध्यान हुनेछ । यो महिना दर्शकले फूटबलसँगै सान्द्रा बुल्लक, केट ब्लानचेट र रिहाना अभिनित ‘ओसियन्स ८’ र पिक्चर्सको ‘इन्क्रिडिबल २’, कार्टुन सिरिज ‘होटल ट्रान्सलेभानिया ३’ र मेरिल स्ट्रिप, कोलिन फर्थ अभिनित ‘माम्मा मिया २’ हेर्न सक्नुहुनेछ । टम क्रुजको चर्चित रोमाञ्चकारी फिल्म ‘मिसनः इम्पोसिबल ६’ र रेन रेनोल्ड्सको ‘डेडपुल २’, ‘एन्ट मेन’ र ‘जुरासिक वल्र्डः फलन किङ्डम’ पनि आकर्षक फिल्ममा छन् । सेप्टेम्बरदेखि डिसेम्बरसम्म कुन महिना कुन फिल्म रिलिज हुन्छन् भन्ने टुंगो चाहिँ लागेको छैन ।