ज्ञानको गीतमा क्रिस्टिना सम्झँदै दिक्पाल

काठमाडौं । गायक ज्ञान सुब्बाको नयाँ गीत ‘कति सम्झें’को भिडियो सार्वजनिक भएको छ । प्रेमभावको गीतको भिडियोमा दिक्पाल कार्की र क्रिष्टिना थापाले फिचरिङ गरेका छन् ।

गीतमा छेवाङ लामाको शब्द र दिनेश सुब्बाको संगीत, फडिन्द्र राईको एरेन्ज तथा मिन विष्टको मास्टरिङ र मिक्सिङ छ । ज्ञानले निर्माण गरेको भिडियोमा उत्सव ढकालको छायांकन, सुशिल न्यौपानेको सम्पादन र सोनाम पाख्रिनको निर्देशन छ ।