हैरानको शीर्ष गीतमा हैरानै हैरान

काठमाडौं । आगामी जेठ ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हैरान’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य–स्वरूपले सरगम आचार्य र बबिता मनाधरसंग मिलेर गाएका छन् । गीतमा गिरिश खतिवडाको र्याप रहेको छ भने यसलाई राजन इशानले एरेन्ज गरेका छन् ।

गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मालगायतका कलाकार देखिन्छन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ ।

डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आउने तयारी गरिरहेका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाईएल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्माता छिन ।

फिल्मका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ, नवराज उप्रेती र निरज कँडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।