कोबाट टाढा भए आकाश

काठमाडौं । नायिका तथा मोडल पवित्रा आचार्य र गायक तथा मोडल आकाश आचार्यको रोमान्टिक अभिनय रहेको गीत ‘आफैदेखि टाढा’को भिडियो सार्वजनिक भएको छ । आकाशकै शब्द संगीतमा तयार भइरहेको गीत एल्बम ‘फर्गटेन लभ’मा समावेश छ । गीतमा आकाशै स्वर छ । भिडियोका निर्देशक बसन्त निरौला हुन् ।

निर्देशक निरौलाले पछिल्लो पुस्ताका अधिकांश युवा युवतीको प्रेम कथालाई जीवन्त रुपमा भिडियोमा तयार गर्ने प्रयास गरेको बताए । सागर आचार्यले निर्माण गरेको भिडियोलाई दिव्य सुवेदीले खिचेका छन् ।