नयाँवर्षमा रमिताको सानी नानी

काठमाडौं । गायिका तथा मोडल रमिता भण्डारीको तेस्रो गितीसंग्रह ‘सानी नानी’ सार्वजनिक भएको छ । नयाँ वर्ष २०७५ को अवसर पारेर गायिका भण्डारीले तेस्रो एल्वम प्रकाशनमा ल्याएकी हुन । एल्वममा संग्रहीत गीतहरुका केहि गितको भिडियो भने यस अघि नै बजारमा आइसकेका छन् ।

एल्वममा सानी नानी, के यो माया हो, छल्कीयो जवानी, जुनेली रात, तिमी को, तिमी निष्ठुरी गीतहरु सानी नानी एल्वममा रहेका छन् । गायिका रमिता गायन, अभिनय तथा इभेन्टमा व्यस्त छिन् । यसअघि उनले दुई वटा सोलो एल्वम ल्याइसकेकी छिन् । एल्वमलाई रशलाइट मिडियाले बजारमा ल्याएको हो ।

गायिका, मोडल मात्र होइन कोरियोग्राफरको रुपमा परिचित छिन् । अहिले तेस्रो एल्वमको तयारीमा लागेकी उनी पहिलो गीत रेकर्ड गर्दाका क्षणलाई रमाइलो मान्दै निरन्तर साधना गर्दै आइरहेकी छन् ।