असार अन्तिममा शिल्पाको वीरांगना

काठमाडौं । नायिका शिल्पा पोखरेल र नायक अनुपविक्रम शाही प्रमुख भूमिकामा अभिनित फिल्म ‘वीरांगना’ आगामी असार २९ मा रिलिज हुने भएको छ । फिल्मका निर्देशक राजबहादुर सानेले आफ्नो जन्मदिनमा रिलिज मिति सार्वजनिक गरेका हुन् ।

नारीप्रधान एक्सन जनराको फिल्ममा नायिका शिल्पा र नायक अनुपविक्रमलाई सशस्त्र प्रहरीको भूमिकामा देखाइएको छ । फिल्ममा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारको अभिनय छ ।

फोर्थ आइ मुभिजको व्यानरमा निर्माण भएको फिल्ममा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह–निर्माता छन् । फिल्ममा श्री श्रेष्ठको एक्सन छ ।