अष्ट्रेलियामा गर्लफ्रेण्ड गाउँदै इन्दिरा

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलकी निर्णायक एवम् पप गायिका इन्दिरा जोशीको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली नयाँबर्षको पुर्बसन्ध्यामा अस्ट्रेलियाबाट रिलिज गरिएको जोशीको ‘गर्लफ्रेन्ड’ गीतको फिचरिङ स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन्। गीतमा इन्दिराकै शब्द र संगीत छ ।

मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, एन्जी मुल्मी श्रेष्ठलगायतको अभिनय छ । अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन् ।

सुनोदले यस अघि अष्ट्रेलियाबाट निर्माण र प्रशारण भैरहेको टि भी सीरिजहरु र म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । यस इभेन्ट्सका डाइरेक्टर समेत रहेका अस्ट्रेलियाको मेलबर्न निवासी श्रेष्ठले म्युजिक भिडियो मेकिङ्ग लगायत विभिन्न म्युजिकल इभेन्ट्सहरु नेपाली एक्पोहरुको साथै प्रोडक्सनका कामहरु गर्दै आएका छन् ।