कसले जित्ला मोडल नेपाल ?

काठमाडौं । युवापुस्ताको क्षमतामा वृद्धि ल्याउनका लागि सौन्दर्य प्रतियोगिता ‘एक्स फेक्टर मोडेल नेपाल’ हुने भएको छ । मिस्टर एन्ड मिस सुप्रानेसनल अन्तर्राष्ट्रिय फ्रेन्चाइज भएको यस प्रतियोगिताका विजेता सुप्रानेसनलको संस्करणमा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताको विजेतालाई ४ दिनको थाईल्याण्ड भ्रमणको व्यवस्था गरिएको छ ।

यस प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समूह पुरुष र महिला दुवैले सहभागिता जनाउन पाउने आयोजक संस्थाले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा प्रख्यात अभिनेता, मोडेल, निर्देशकहरु नयाँ अनुहार खोज्न आउने गरेका छन् ।

एक्स फेक्टर मोडल सम्पूर्ण मोडलिङमा आफ्नो भविष्य बनाउन चाहने र अन्तराष्ट्रिय स्तरमा पुग्न चाहने युवा युवतीको लागि उपयुक्त प्लेटफर्म रहेको एक्स फेक्टर टिमले जनाएको छ । प्रतियोगिताको लागि अडिसन भैरहेको आयोजक संस्थाले जनाएको छ ।

एक्स फेक्टरमा सहभागि हुनेलाई अभिनय, र्याम्प मोडलिङ, फेशन मोडलिङ, १५ वटा भन्दा बढि फरक–फरक थिममा फोटोसुट लिने अवसर पाउने एक्स फेक्टर टिमले जनाएको छ ।